२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

स्नो रिभर्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

३० भदाै, काठमाडाैं । स्नो रिभर्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

 सो दरमा लाभांश वितरण गर्न विद्युत नियमन आयोगले भदौ २६ गते पूर्व स्वीकृती दिएको छ। ​विद्युत नियमन आयोगबाट पूर्व–स्वीकृति प्राप्त भइसकेकाले अब कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि र सम्बन्धित निकायको आवश्यक प्रक्रिया पूरा भएपछि सेयरधनीहरूमा उक्त लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : September 15, 2026 at 10:04 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/