२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

३० भदाै, काठमाडाैं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (बोनस सेयरको करसहित)  १६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकका अनुसार प्रस्तावित बोनस सेयर तथा नगद लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गर्नुपर्नेछ। राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट प्रस्ताव पारित भएपछि मात्रै लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : September 15, 2026 at 9:29 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/