२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

एमाले कार्यदल बैठक स्थगित, बादल, विष्णु र शंकरलाई प्रतिवेदन सम्पादनको जिम्मा

२९ भदौ, काठमाडौं । नेकपा एमालेको कार्यदलको जारी बैठकले प्रतिवेदनको मस्यौदालाई बैठकमा उठेका विषय समावेश गरी अन्तिम रूप दिन तीन सदस्यीय सम्पादन टिम गठन गरेको छ ।

कार्यदलले संयोजक रामबहादुर थापा, सदस्य उपाध्यक्ष विष्णु पौडेल र सदस्य सचिव महासचिव शंकर पोखरेल रहेको तीन सदस्यीय सम्पादन टिम चयन गरेको हो । सम्पादन टिमले बैठकमा उठेका विषयहरू समेटेर प्रतिवेदनको अन्तिम मस्यौदा तयार गरी कार्यदलमा पेश गर्नेछ ।

सम्पादन टिम चयन गरेपछि कार्यदलको बैठक आगामी असोज १ गतेसम्मका लागि स्थगित गरिएको छ । बैठक स्थगित भएपछि कार्यदलका उपलब्ध सदस्यहरूबीच सामूहिक तस्बिर खिचिएको छ ।

प्रकाशित मिति : September 14, 2026 at 3:32 pm