२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ क्यापिटलले बोलायो साधारणसभा

२६ भदाै, काठमाडाैं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारणसभा आगामी असोज २३ गते शुक्रबार आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार साधारणसभा काठमाडाैंको नक्सालस्थित होलिडे इन एक्सप्रेसमा अपराह्न ५ बजे बस्नेछ।

सभामा कम्पनीको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। यस्तै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी अनुमोदन गर्ने कार्यसूची छ।

 सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ। यसैगरी, कम्पनीले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३० प्रतिशत नगद लाभांश, अर्थात् ६ करोड रुपैयाँ करसहित वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव साधारणसभाबाट अनुमोदनका लागि पेस गर्ने भएको छ। विशेष प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरिएको ५ लाख ४ हजार १६ रुपैयाँ पारित गर्ने प्रस्ताव पनि रहेको छ।

प्रकाशित मिति : September 11, 2026 at 9:28 am