विपक्षी दलको बैठक सिंहदरबारमा सुरु
२५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरुको बैठक सुरु भएको छ । नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको हो । बैठक सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ ।
भोटेकोशी बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापना तथा सर्वददलीय बैठकका निर्णयहरु कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो । बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा, एमाले संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमाल, प्रमुख सचेतक युवराज दुलाल, श्रम संस्कृति पार्टीका ध्रुवराज राईसहित उपस्थित छन् ।

बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक बासना थापा, एमालेबाट उपनेता पद्मा अर्याल र सचेतक निता घतानी, नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल र श्रम संस्कृति पार्टीबाट सांसद ध्रुव राई सहभागी भएका छन् ।
प्रकाशित मिति : September 10, 2026 at 12:06 pm


