प्रभु महालक्ष्मी लाइफको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
२५ भदाै, काठमाडाैं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३१ हजार ५८८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२५ रुपैयाँ तोकिएको छ ।
बोलपत्र आवेदन पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि दिन सकिनेछ । इच्छुक लगानीकर्ताले असोज २ गतेसम्म बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलमा आवेदन दिनु पर्नेछ ।
प्रकाशित मिति : September 10, 2026 at 9:16 am


