२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

नेप्सेमा दाेहाेराे अंककाे गिरावट, कारोबार रकम भने बढ्यो

२४ भदौ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ।  बुधबार नेप्से परिसूचक १५.४३ अंक घटेर २५४५.४० विन्दुमा झरेको छ।  नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन ३५२ कम्पनीकाे ५० हजार ८०४ पटकको कारोबारमा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँबराबरको १ करोड ९ लाख ६५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। बुधबार ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९२ कम्पनीको घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेकाेछ। इमर्जिङ्ग नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयरमूल्य यस दिन १५ प्रतिशतले घटेकाे छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सकाे सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ४२ करोड ७६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।  यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : September 9, 2026 at 3:31 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/