२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफलमा प्रधानमन्त्री

२४ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल सुरू गरेका छन्। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्रीले यो छलफल सुरू गरेको उनको सचिवालयले जानकारी दिएको छ।

dainiki.com

​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ। लगत्तै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : September 9, 2026 at 1:11 pm