२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख धरौटीमा रिहा

२३ भदाै, काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडे धरौटीमा रिहा भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश नवराज दुलालको इजलासले पाँडेलाई ४० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले मागेको धरौटी रकम बुझाएपछि उनी सोमबार नै रिहा भएका छन् ।

dainiki.com

पाँडेविरुद्ध गत साउन २७ गते ठगी, संगठित अपराध र बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो । राज्यको स्वामित्वमा आइसकेको स्मार्ट सेलको सम्पत्ति बिक्री गरेको आरोपमा पाँडेमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेको थियो। सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको थियो ।

प्रकाशित मिति : September 8, 2026 at 11:28 am