२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

राहत र उद्धारका लागि विपद प्रभावित क्षेत्रमा बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

२२ भदाै, काठमाडाैं । नेपाल राष्ट्र बैंकले रसुवा लगायतका जिल्लाहरूमा आएको प्राकृतिक विपद्बाट प्रभावित भएकाहरूलाई राहत वितरण तथा उद्धार कार्यमा सहजता प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको छ।

केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै इजाजतपत्र प्राप्त ’क’, ’ख’ ’ग’ र ’घ’ वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरूलाई यस्तो निर्देशन दिएको हो।

प्राकृतिक विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारको प्रयोजनका लागि भदाै २३ गते अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्ने व्यवस्था मिलाउन सूचनामा उल्लेख रहेकाे छ ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको सहयोगार्थ आर्थिक योगदान गर्नुका साथै राहत र उद्धार कार्यलाई सहज बनाउन बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको छ।

प्रकाशित मिति : September 7, 2026 at 5:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/