२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकका कर्मचारीको १ करोड ३८ लाख सहयोग

२२ भदाै, काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीले १ करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ सहयोग गरेका छन्।

राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। राष्ट्र बैंकले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति तथा परिवारको सहयोगका लागि उक्त रकम उपलब्ध गराएको जनाएको छ।

राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारी, करार सेवामा कार्यरत कर्मचारीसमेतको सहभागितामा रकम संकलन गरिएको हो। बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले कर्मचारीबाट रकम संकलन गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : September 7, 2026 at 5:02 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/