२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता, के भयो कुराकानी ?

२२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रूबिओबीच टेलिफोन कुराकानी भएको छ। सोमबार उनीहरूबीच कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ।

टेलिफोन वार्ताका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी ऐक्यबद्धता जनाएका छन्। जवाफमा सभापति लामिछानेले विपद्‌पछिको खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारले सम्पूर्ण उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका थिए।

dainiki.com

लामिछानेले नेपाललाई अफ्ठ्यारो समयमा सहयोगका लागि रुबिओलाई धन्यवाद दिएका थिए। रुबिओले विपद्को यस घडीमा नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन अमेरिका सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : September 7, 2026 at 11:46 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/