२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

प्रि ओपन सेसनमा साढे १५ अंकले बढ्यो नेप्से

२२ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १५ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १५.५९ अंकले बढेर २५५८.३७ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ९३ स्टकको २१७ पटकको कारोबारमा १ करोड ४ लाख ४७ हजार ५६९ रुपैयाँ ५० पैसाबराबरको २७ हजार ९८७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : September 7, 2026 at 10:56 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/