२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने

२२ भदौ, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ती गर्ने भएको छ। बैंकको सञ्चालक समितिको गत भदौ १९ गते बिहान ११ बजे बसेको ३८५औँ बैठकले गरेको निर्णयअनुसार जानकी फाइनान्स कम्पनी र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाइएको हो।

dainiki.com

सोही निर्णयअनुसार भदौ १९ गते दुवै संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ। यससँगै यी कम्पनीहरुको आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गरिएको छ।

प्रकाशित मिति : September 7, 2026 at 10:27 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/