सोनापुर मिनरल्सको १ करोड ८४ लाख कित्ता सेयरको लकइन अवधि असोजमा सकिँदै
२२ भदाै, काठमाडाैं। सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख ७९ हजार ८०० कित्ता सेयरको लकइन अवधि असोज २३ गतेबाट सकिने भएको छ। कम्पनीकाे संस्थापक सेयरधनी तथा कर्मचारीको स्वामित्वमा रहेको सेयरको लकइन अवधि समाप्त हुन लागेको हाे। कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता सेयरमध्ये संस्थापक सेयरधनी र कर्मचारीको स्वामित्वमा रहेका शेयरको साे यरकाे लकइन अवधि समाप्त हुन लागेको हो।
कम्पनीले लकइन अवधि समाप्त भएपछि सम्बन्धित सेयरधनीहरूलाई प्रचलित कानून तथा नियामकीय व्यवस्थाबमोजिम सेयर कारोबार गर्न सकिने जानकारी गराएको छ। त्यस्तै, कम्पनीले सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार सेयर रोक्का रहने व्यवस्था कायम रहने स्पष्ट पारेको छ।
प्रकाशित मिति : September 7, 2026 at 9:55 am


