२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

नीशा र प्रकाशको ‘लाली लपक्कै’मा निरुता र विन्दुको छमछमी

२१ भदाै, काठमाडौं । गायिका नीशा सुनारले हरितालिका तीज पर्वको अवसर पारेर नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ बोलको गीत सार्वजनिक गरेकी छिन् । उसो त यो गीत, भदौ १० गते नै रिलिज हुनुपर्ने हो । तर, नेपालमा आएको विनाशकारी बाढीका कारण गीत रिलिज पोष्टपोन्ड भएको थियो ।

नीशा सुनार र प्रकाश सपुतको स्वरमा तयार भएको यो गीतमा प्रकाश सपुतको शब्द तथा संगीत छ । भिडियोमा प्रकाश सपुत, निरुता सिंह र विन्दु बोहराको नृत्य हेर्न सकिन्छ । विशेष भूमिकामा गायिका सुनार पनि देखिएकी छिन् ।

सुनिल वीकको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी छ । गीतको भिडियोमा हरि हुमागाँइको डीओपी, प्रविण भट्टको सम्पादन छ । गायक तथा मोडल प्रकाश सपुत र उनकी श्रीमती विन्दुले पहिलो पटक एकसाथ म्युजिक भिडियोमा काम गरेका हुन् । दर्शकका लागि उनीहरुको जोडीको केमेष्ट्री विशेष हुनसक्छ । यस्तै, नायिका निरुता सिंहले निकै कम भिडियोमा मात्र अभिनय गरेकी छिन् । यो गीत निकै नै कर्णप्रिय लागेपछि काम गरेको उनको भनाई छ ।

प्रकाशित मिति : September 6, 2026 at 12:06 pm