१९ भदौ २०८३, शुक्रबार | Fri Sep 4 2026

नबिल म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा

१९ भदाै, काठमाडाैं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेका दुई योजनाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न गरेपछि इकाइधनीलाई नगद प्रतिफल वितरण गर्ने भएका छन्। योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक तथा नबिल इन्भेस्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल ब्यालेन्स्ड फन्ड–३ का इकाइधनीलाई नगद प्रतिफल वितरण गरिने भएको हो ।नबिल ब्यालेन्स्ड फन्ड–२ ले करसहित ३.५ प्रतिशत नगद प्रतिफल वितरण गर्नेछ। त्यस्तै, नबिल ब्यालेन्स्ड फन्ड–३ ले करसहित २.५ प्रतिशत नगद प्रतिफल दिनेछ।

प्रतिफल वितरणका लागि असोज ७ गते बुधबार एक दिनका लागि सम्बन्धित योजनाहरूको बुक क्लोज गरिने छ। यस्तै बैठकले नबिल फ्लेक्सी क्याप फन्ड र एनआई ३१ का इकाईधनीहरुलाई भने कुनैपनि लाभांश वितरण नगर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : September 4, 2026 at 9:43 am