१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

नेप्सेले गर्यो विन नेपाल लघुवित्तको सेयर कारोबार रोक्का

१८ भदाै, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गर्न लागेकाले नेप्सेले सेयर काराेबार राेक्का गरेकाे हाे ।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको नामबाट आगामी भदौ २१ गतेदेखि एकीकृत कारोबार सुरु हुँदै छ । सोही कारण धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका,२०७९’ को दफा ९ (३) बमोजिम विन नेपाल लघुवित्तको सेयर कारोबार रोक्का गरिएको हो।

नेप्सेले भदौ १८ गतेको निर्णयअनुसार विन नेपाल लघुवित्तको शेयर कारोबार आगामी भदौ २१ गतेदेखि नै लागू हुने गरी रोक्का राखेको जनाएको छ। स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने कार्य सम्पन्न भइसकेको र अब एकीकृत संस्थाको रूपमा स्वरोजगार लघुवित्तकै नामबाट कारोबार सञ्चालन हुनेछ।

प्रकाशित मिति : September 3, 2026 at 5:34 pm