१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

भदौ २२ गते राष्ट्रिय शोक घोषणा, सार्वजनिक बिदा दिने सरकारको निर्णय

१८ भदौ, काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले  रसुवा बाढीबाट ज्यान गुमाएकाहरूको १३ औँ दिनको पुण्यतिथिका दिन राष्ट्रिय शोकको घोषणासहित सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

dainiki.com

भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय भएको उनले बताए । सो दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय पनि भएको छ ।

प्रकाशित मिति : September 3, 2026 at 4:39 pm