२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

नागरिकको जीवन रक्षामा राज्य चुक्योः सांसद थपलिया

१८ भदाै, काठमाडौँ। नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले विनाशकारी बाढीका बेला राज्य आफ्नो पहिलो दायित्व नागरिकको जीवन रक्षा गर्नबाट चुकेको बताएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थपलियाले बाढी आएको नवौँ दिनसम्म पनि त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ लगायत जलविद्युत् आयोजनामा सयौँ कामदार फसेको जानकारी हुँदाहुँदै प्रभावकारी उद्धार हुन नसकेको बताइन्।

‘सातौँ दिनमा आएर मात्र सरकारले आयोजनालाई हामीले सुरुङबाट उद्धार गर्न सकेनौँ, अब तपाईँहरू लाग्नुस् भन्नु राज्यको लाचारी हो,’ उनले भनिन् । बेपत्ता नागरिकका परिवार राज्यको उद्धार प्रयासमाथि प्रश्न गर्न बाध्य भएको उनको भनाइ छ। ‘बाढी आएको आज नवौँ दिन भइसक्दा पनि त्रिशूली–३ ए, ३ बी सहित जलविद्युत् आयोजनामा सयौँ कामदार फसेको जानकारी हुँदाहुँदै प्रभावकारी उद्धार हुन नसकेको विषय अत्यन्त गम्भीर छ,’ उनले भनिन्, ‘बेपत्ता नागरिकका परिवारहरू आज राज्यको उद्धार प्रयासमाथि प्रश्न गर्न बाध्य भएका छन्।’

dainiki.com

सांसद थपलियाले विपद्को समयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्नो ज्यानको बाजी लगाएर उद्धारमा खटिएको भन्दै उनीहरूप्रति सम्मान व्यक्त गरिन्। उनले राहत र पुनर्स्थापनाका लागि सङ्घ सरकारले प्याकेज र मापदण्ड बनाउने, प्रदेशले समन्वय गर्ने र स्थानीय सरकारले कार्यान्वयन गर्ने गरी तीनै तहको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिएकी छिन् ।

प्रकाशित मिति : September 3, 2026 at 3:34 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/