२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

निरन्तर तेस्रो कारोबार दिन बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

१८ भदाै, काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।बिहीबार नेप्से परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३४६ कम्पनीकाे ४० हजार ६९२ पटकको कारोबारमा ३ अर्ब ४६ करोड ५२ लाख १ हजार रुपैयाँबराबरको १ करोड २१ लाख ६३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। बिहिबार १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ८.७६ प्रतिशत बढेको छ। पियाेर इनर्जीकाे सेयरमूल्य यस दिन सर्वाधिक १३.३३ प्रतिशत घटेकाे छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ४० करोड ९० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै,  १३ उपसमूहमध्ये यस दिन नौ उपसमूहको परिसूचक बढेको छ भने चार उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : September 3, 2026 at 3:16 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/