१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

प्रधानमन्त्री शाह र नेकपाका नेता पुनबिच भेटघाट

१८ भदौ, काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र नेता पुनबिच भेटघाट भएको हो ।

dainiki.com

भेटमा उनीहरूबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ । यस्तै, उनीहरूबीच बाढीबाट प्रभावित भएका पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री शाहसँग यसअघि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गरेका थिए । उनीहरू बिचको भेटमा बाढी लगायतका विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : September 3, 2026 at 1:54 pm