१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

बैंकिङ प्रणालीको अधिक तरलता खिच्दै राष्ट्र बैंक, ३ महिनाका लागि १८ अर्ब उठाउने

१८ भदाै, काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट १८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले भदौ १८ गते ३ महिनाका लागि उक्त रकम निक्षेप संकलन उपकरणमार्फत उठाउन लागेको हो।

बोलकबोल आज दिउँसो ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत हुनेछ। निक्षेप सङ्कलन उपकरण आजै निष्काशन गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी अर्थात २०८३ मंसिर १६ गते भुक्तानी गरिनेछ। ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। राष्ट्र बैंकले निक्षेपको साँवा तथा ब्याज मंसिर १६ गते भुक्तानी गर्नेछ।

dainiki.com

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँ दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ। निक्षेप सङ्कलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

प्रकाशित मिति : September 3, 2026 at 11:27 am