स्वरोजगार लघुवित्तले विन नेपाललाई गर्यो प्राप्ति, भदौ २१ देखि एकीकृत कारोबार
१८ भदाै, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी दुई संस्थाहरूको एकीकृत कारोबार आगामी भदौ २१ गते आइतबारदेखि सुरु हुने जानकारी दिएको हो ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार, दुवै संस्थाको सञ्चालक समितिको निर्णयानुसार विन नेपाल लघुवित्तको सम्पूर्ण सम्पत्ति तथा दायित्व स्वरोजगार लघुवित्तमा सर्ने गरी यो प्राप्ति प्रक्रिया सम्पन्न भएको हो ।
अब साविकका दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबारहरू ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालन हुनेछन् ।
प्रकाशित मिति : September 3, 2026 at 9:55 am


