१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

अष्ट्रेलियाको एडिलेडमा शुक्रबार कृष्ण जन्माष्टमी हुदै, यस्तो छ तयारी

एडिलेड । नेपाली भजन कीर्तन समुह एडिलेडको आयोजनामा सेप्टेम्बर ४ शुक्रबार  कृष्ण जन्माष्टमीको उपलक्ष्यमा भजन कीर्तन सहितको पुजा आराधना कार्यक्रम हुने भएको छ ।

समुहका कावा अध्यक्ष शिव काफ्लेका अनुसार स्थानिय कोसग्रोभ हल क्लोभेली पार्क कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम  दिनको २ बजेबाट पुजा शुरु हुने छ भने साँझ  भजन किर्तन हुनेछ ।

कावा अध्यक्ष काफ्लेले २०८३ भदौ १० गते, तदनुसार २६ अगस्ट २०२६ का दिन नेपालमा आएको अकल्पनीय बाढी–पहिरो तथा प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय एवं भौतिक क्षति हुन पुगेको अवस्थामा मृतकहरु प्रति श्रद्धाञ्जली गर्न, घाइतेहरुको सिध्र स्वास्थ्य लाभको कामना गर्न र हरारहनु भएकाहरुको सकुशल सम्पर्कका लागि भगवान श्री कृष्णमा आराधना र प्रार्थनाका गर्नु पनि मुख्य उद्देश्य रहने बताउनु भयो । कार्यक्रममा उठेको मध्ये केहि रकम नेपालमा सहयोग गर्ने समेत उहाले बताउनु भयो ।

उहाले एडिलेडमा २०१८बाट श्रीकृष्ण जन्माष्टमी र शिवरात्रिमा भजन कीर्तन सहित पुजा कार्यक्रम गर्दै आएको र यस बर्ष समेत कार्यक्रम आयोजना गर्न  कविता पराजुलीको संयोजक रहेर कार्यक्रम व्यवस्थापन समिति गठन गरेको बताउनु भयो 

कार्यक्रम संयोजक पराजुलीले एडिलेडमा नेपाल समुदायको संख्या बढ्दै गएको एवं विगत देखि नै भव्य रुपमा कार्यक्रम हुने भएकाले सहभागी संख्या  उल्लेखनीय रहने अपेक्षा गरिएको र सोहि अनुसार तयारी थालिएको बताउनु भयो  । उहाले प्रसाद तयारी सहित कार्यहरुका लागि स्वयंसेवा गर्न ईच्छुकहरुले सम्पर्क गर्न समेत अनुरोध गर्नु भएको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ । र सोहि तिथिलाई श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेल सहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।

समुहका अध्यक्ष डा. पराजुलीले श्रीकृष्ण जन्माष्टमी केवल एउटा पूजा वा धार्मिक कार्यक्रम मात्र भएर वर्तमान पुस्तालाई इतिहाससँग जोड्ने एउटा सुन्दर सेतु  भएको बताउनुभयो।

उहाँले कार्यक्रमले नेपाली धर्म र संस्कृतिलाई पुस्तौँसम्म जोगाउन, नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्न, नेपाली समुदायबीच आत्मीयता बढाउन र एकअर्काप्रतिको माया, सद्भाव र एकता बलियो बनाउन ठूलो भूमिका खेल्छ विश्वास व्यक्त गर्नु भयो ।

प्रकाशित मिति : September 3, 2026 at 4:38 am