२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हिमालयन लघुवित्तकाे ५ लाख सहयाेग

१७ भदौ, काठमाडाैं । हिमालयन लघुवित्त वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकाे हाे ।

गत भदाै १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ्ग लगायत आसपासका जिल्लाहरूमा भएको ठूलो जनधनको लघुवित्तले गहिरो दुःख व्यक्त गरेकाे छ। । यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुका साथै, बाढीका कारण घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेकाे छ।

प्रकाशित मिति : September 2, 2026 at 5:51 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/