जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापन विश्वको साझा जिम्मेवारीः प्रधानमन्त्री (पूर्णपाठ)
१७ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले तत्कालै खोज, उद्धार, उपचार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको जानकारी संसद्लाई गराएका छन् । उनका अनुसार बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ, भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्।

प्रधानमन्त्रीले भोटेकोशीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ तथा हिमपहिरोबाट सिर्जित ठूलो विपत्तिका रूपमा देखिएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम बढिरहेको धारणा राखे । प्रधानमन्त्री शाहले विपद्पछि आफ्ना नागरिक जोगाउन सरकारले हरप्रयास गरिरहेको बताएका छन् ।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तन भोटेकोशी विपद्को प्रमुख कारण रहेको भन्दै यसको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएको बताए । ‘जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ । जलवायु परिवर्तन विश्वव्यापी योगदान हो । यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी हो’, प्रधानमन्त्रीले संसद्मा भने ।

प्रकाशित मिति : September 2, 2026 at 3:54 pm


