आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनु भएकाहरूको पीडा महसुस गरेको छुः प्रधानमन्त्री शाह
१७ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शरीर थकित भए पनि विश्राम लिने छुट नभएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनुभएको नागरिकहरूको पीडामा गहिरो महसुस गरेको बताएका छन्।
‘यो पीडा रसुवा नुवाकोट वा धादिङको मात्र होइन। सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो’, शाहले भने, ‘तर यतिबेला हामीलाई शरिर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा एक आपसमा बिलौना गर्ने समय छैन।’

सङ्कटको घडीमा देशको नेतृत्वले आँसु नभई जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्ने यथार्थलाई स्वीकार गरेको बताए। उनले भने, ‘दृढ सङ्कल्प, साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन। हामी लडिरहेका छौँ।’
प्रकाशित मिति : September 2, 2026 at 1:36 pm


