१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

विपद प्रभावित क्षेत्रका ग्राहकलाई पहिचानका आधारमा बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

१७ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकका लागि वित्तीय कारोबारमा सहजीकरण गर्न बैंकहरूलाई निर्देशन दिएको छ । रसुवा, नुवाकोट लगायतका जिल्लामा आएको बाढी–पहिरो र प्राकृतिक विपद्का कारण बैंकिङ सेवामा अवरोध पुगेपछि राष्ट्र बैंकले ग्राहकलाई पहिचानका आधारमा सेवा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिएको हो ।

विपद्का कारण बैंक कारोबारका लागि आवश्यक पर्ने चेकबुक, एटीएम कार्ड, मोबाइल फोन वा अन्य परिचयपत्र गुमाएका ग्राहकहरूलाई राष्ट्र बैंकले बैंकिङ कारोबारका लागि सहजीकरण गर्न निर्देशन दिएको हो ।

dainiki.com

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले क, ख, ग र घ वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरूलाई पत्राचार गर्दै ग्राहकको पहिचानका लागि लचकता अपनाउन निर्देशन दिएको छ। ग्राहकले आफ्नो चेक वा कार्ड गुमाएको भए तापनि बैंकमा पहिले नै रहेको हस्ताक्षरको नमुना, ग्राहकको फोटो, र संस्थामा उपलब्ध अन्य व्यक्तिगत विवरणहरूको आधारमा ग्राहकको पहिचान यकीन गरी सेवा प्रदान गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति : September 2, 2026 at 1:14 pm