सन नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा ६० लाख सहयोग
१७ भदौ, काठमाडौं । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट प्रभावित पक्षहरुलाई उद्दार राहत र पुनस्थापनामा सहयोग पुराउन सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साठी लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराएको छ ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले अर्थमन्त्री स्वर्णिम बाग्ले मार्फत प्रधानमन्त्रि दैवि प्रकोप उद्दार कोषमा रु. ६० लाख रुपियाँको चेक हस्तान्तरण गरेका हुन् । साथै सो कार्यक्रममा कम्पनीका सञ्चालक शसांक अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विपद्मा परी मृत्युवरण भएका मृतकका परिवारजनहरु प्रति गहिरो समवेदना प्रकट गर्दै मृतकका आत्माको चीर शान्तिको कामना गर्दै घाईतेहरुको शीध्र स्वास्थ्य लाभको कामना गरियो । यस आर्थिक सहयोगबाट कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपदको सामना गर्न र पीडित परिवारलाई राहत वितरण तथा पुनस्थापनाको कामका थप टेवा पुग्ने विश्वास लिईएको छ ।
प्रकाशित मिति : September 2, 2026 at 11:42 am


