१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघबीच व्यवसायिक सम्झौता

१७ भदौ, काठमाडौं ।मुक्तिनाथ विकास बैंक लिमिटेड र ढुवानी व्यवसायी महासंघ नेपालबीच ढुवानी व्यवसायीलाई आवश्यक सवारीसाधन खरिद तथा व्यवसाय सञ्चालनका लागि कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। गत भदौ १७ गते भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष माधवप्रसाद नेपालले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार महासंघमा आबद्ध सदस्यहरूले ढुवानी व्यवसायका लागि आवश्यक कुनै पनि ब्रान्डका सवारीसाधन खरिद गर्न तथा व्यवसाय सञ्चालनका लागि आवश्यक वित्तीय स्रोत जुटाउन मुक्तिनाथ विकास बैंकबाट कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

बैंकले महासंघका सदस्यलाई आफ्नो देशभर रहेका १७६ वटै शाखा कार्यालयमार्फत आकर्षक तथा सहुलियत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ। यस सहकार्यबाट ढुवानी व्यवसायीले व्यवसाय विस्तार तथा सेवा विस्तारका लागि सहज रूपमा वित्तीय स्रोत प्राप्त गर्न सक्ने र व्यवसाय सञ्चालनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसैबीच, मुक्तिनाथ विकास बैंकले हाल अटो कर्जा, कृषि कर्जा तथा एसएमई कर्जामा न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष योजना समेत ल्याएको जनाएको छ।

प्रकाशित मिति : September 2, 2026 at 11:27 am