१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बीमा प्राधिकरणको १० करोड सहयोग

१६ भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभावित पिडितहरुलाई सहयोग गर्ने उद्देश्य अनुरूप नेपाल बीमा प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रूपैयाँ सहयोग गर्ने भएको छ । प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै १० करोड रूपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी गराएको हो ।

dainiki.com

‘नेपालमा मिति २०८३ भदौ १० गते रसुवा–नुवाकोट भागमा गएको बाढीका कारण जनधनको अपूरणीय क्षति भएको छ । विशेष गरी रसुवा र त्रिशुली क्षेत्रमा बाढीले पुर्याएको विनाशकारी क्षतिप्रति नेपाल बीमा प्राधिकरण गहिरो दुःख व्यक्त गर्दछ । यस विपद्को घडीमा पीडित परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दै, उनीहरूको तत्काल उद्धार, राहत र पुनःस्थापना कार्यमा हातेमालो गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणले महत्वपूर्ण निर्णय गरेको छ,’ प्राधिकरणले भनेको छ, ‘बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई राहत प्रदान गर्न र आपतकालीन आवश्यकताहरू पूरा गर्न नेपाल बीमा प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । विपद्को यस समयमा सरकारको राहत तथा पुनःस्थापनाको प्रयासमा टेवा पुर्‍याउने र पीडितहरू लाई सामान्य अवस्थामा फर्काउन सहयोग गर्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको हो ।’

 नेपाल बीमा प्राधिकरण नियमनकारी निकायको रूपमा मात्र नभई सामाजिक उत्तरदायित्त्वप्रति पनि सधैं प्रतिबद्ध रहेको विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : September 1, 2026 at 4:14 pm