१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम भने ३ अर्बभन्दा कम

१६ भदौ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार नेप्सेमा सामान्य अंकको सुधार आएको छ । पछिल्ला ६ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने सामान्य अंकले बढेर बन्द भएको हो।मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन ३४१ कम्पनीकाे ४८ हजार ३४१ पटकको कारोबारमा २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँबराबरको ७६ लाख १३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। मंगलबार १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८४ कम्पनीको घटेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक ७.१५ प्रतिशत बढेको छ। उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ८.४८ प्रतिशत घटेको छ। यस दिन सोलु हाइड्रोपावरकाे सर्वाधिक काराेबार भएकाे छ । सो कम्पनीको यस दिन १३ करोड ८२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।  १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : September 1, 2026 at 3:28 pm