१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

नेप्सेमा भारी गिरावट, ३ अर्ब ६४ करोडको कारोबार

१५ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३४७ कम्पनीको ६८ हजार १३७ पटकको कारोबारमा ३ अर्ब ६४ करोड ८६ लाख ९हजार रुपैयाँ बराबरको ९३ लाख २२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। सोमबार २१ कम्पनीको सेयर मूल्य बढेको छ भने २५३ कम्पनीको घटेको छ । ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १३।१६ प्रतिशत बढेको छ। मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयरमा यस दिन नकारात्मक सर्किट लागेको छ।  यस दिन शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको यस दिन २६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।  १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : August 31, 2026 at 3:19 pm