१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

गण्डकी सरकारले बाढी प्रभावितलाई ४ करोड सहयोग गर्ने

१२ भदाै, काठमाडाैं । गण्डकी प्रदेश सरकारले रसुवा लगायत बाढी प्रभावित क्षेत्रका उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ दिने निर्णय गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक अपिल जारी गर्दै भोटेकोशी बाढी प्रभावितका लागि ४ करोड सहयोग गर्ने निर्णय भएको जानकारी गराएका हुन्।

कठिन परिस्थितिमा गण्डकी प्रदेशभित्रका उद्योगी व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक सङ्घसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आफ्नो ठाउँबाट राहत तथा सहयोग कार्यमा सक्रिय सहभागिता जनाउन समेत अपिल गरेका छन् ।

dainiki.com

प्रदेश सरकारले सम्पर्कबिहीनको खोजी, उद्धार र भेटिएका शवको व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको पाण्डेले बताएका छन्। रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरमा बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार र राहतमा सहयोग गर्न उनले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आग्रह गरेका छन्। पाण्डेले विपद्को समयमा अपुष्ट सूचना र अफवाह नफैलाउन तथा आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र सार्वजनिक गर्न पनि आग्रह गरेका छन्।

प्रकाशित मिति : August 28, 2026 at 3:25 pm