३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

बाढीपीडितको उद्धारमा सूर्यज्योति लाइफद्वारा राहत कोषमा १ करोड रुपैयाँ सहयोग

११ भदाै, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लाका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गहिरो दुःख व्यक्त आर्थिक सहयोग प्रदान गर्ने भएको छ । बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कम्पनीले एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

कम्पनीले विपद्बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकूल परिस्थितिमा विगतमा समेत आर्थिक तथा विविध प्रकारका सहयोग गर्दै आएको जनाएको छ । हालको विपद्को अवस्थामा कम्पनीले घोषणा गरेको एक करोड रुपैयाँको सहयोगले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

कम्पनीले विपद्को कठिन घडीमा प्रभावित परिवारहरूको तत्कालीन आवश्यकता पूरा गर्नुका साथै दीर्घकालीन रूपमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमार्फत प्रभावित नागरिकको जीवनयापन सहज बनाउन सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले बाढीबाट प्रभावित सम्पूर्ण नागरिकप्रति हार्दिक सहानुभूति तथा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायहरूप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : August 27, 2026 at 2:29 pm