बाढी प्रभावित क्षेत्रका सांसदहरूसँग प्रधानमन्त्री बालेनले गरे परामर्श
१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर बाढीबाट प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय सांसदहरूसँग बाढीले पुर्याएको क्षति, तटीय क्षेत्रका बस्तीहरूको अवस्था, उद्धार तथा राहत कार्यका विषयमा केन्द्रित भई छलफल भएको छ।

भेटमा त्यस क्षेत्रका सांसदहरूले आ-आफ्नो क्षेत्रमा परेको असर र उद्धार तथा राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए। त्यसअघि, प्रधानमन्त्री शाहले आजै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक डाकेर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, उद्धार, खोज तथा राहतको प्रगतिबारे उच्चस्तरीय जानकारी लिएका थिए।
बाढी प्रभावित क्षेत्रका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले सरकार प्रभावित नागरिकको सुरक्षा र राहतमा पूर्ण प्रतिबद्धताका साथ खटिएको उल्लेख गर्दै तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन र विस्थापितहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न मातहतका निकायलाई स्पष्ट निर्देशन दिइसकिएको जानकारी गराए। सरकारले बाढीग्रस्त क्षेत्रमा सुरक्षा निकायका टोलीहरू परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ
प्रकाशित मिति : August 26, 2026 at 2:04 pm



