कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। पार्टी सभापति गगनकुमार थापाले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय समिति सदस्य, बाढी प्रभावित क्षेत्रका सभापति, सांसद तथा नेताहरूसहितको बैठक बोलाएका हुन्।
कांग्रेसका अनुसार बैठक बुधबार दिउँसो २ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्नेछ। बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन निर्देशन दिइएको छ।
यस्तै, काठमाडौंमा उपलब्ध कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष र रसुवा, धादिङ तथा नुवाकोट जिल्ला कार्यसमितिका सभापतिलाई समेत बैठकमा आमन्त्रण गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनामा उल्लेख छ।
प्रकाशित मिति : August 26, 2026 at 12:45 pm



