४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

आआफ्नो ठाउँबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, खोज र राहतमा खटिन प्रधानमन्त्रीको अनुरोध

१० भदाै, काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले रसुवाको बाढीबाट प्रभावित ठाउँमा आआफ्नो ठाउँबाट उद्धार, खोज र राहतमा खटिन अनुरोध गरेका छन्। बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ।

उक्त बैठकमा प्रधानमन्त्री शाहले बाढीबाट पुगेको क्षतिबारे नेपाली सेनाबाट ब्रिफिङ लिएका थिए। त्यस बैठक पछि उनले आगामी कदमबारे सरोकारवालालाई निर्देशन दिएका थिए। त्यस्तै सबैलाई उद्धार, खोज र राहतमा खटिन अनुरोध समेत गरेका हुन्।

प्रकाशित मिति : August 26, 2026 at 12:18 pm