९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

अपर हेवाखोला हाइड्रोपावरलाई हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगको पूर्वस्वीकृति

९ भदाै, काठमाडाैं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेको छ । कम्पनीले १४ औं वार्षिक साधारण सभाबाट पारित गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न प्रस्ताव गरेको थियाे।

कम्पनीले १५ प्रतिशत बोनस सेयर वितरण गरेपछि कायम भएको चुक्ता पूँजी ५७ करोड ५० लाख रुपैयाँको १ः१ को अनुपातले हुन आउने ५७ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। आयोगले तोकेको शर्त अनुसार हकप्रद सेयर मार्फत संकलन हुने रकम मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको सिसुवाखोला जलविद्युत आयोजनामा स्वपूँजी लगानीका लागि खर्च गर्ने भएकाे छ । त्यसैगरी, बाँकी रहेको पूँजी अपर हेवाखोला साना जलविद्युत आयोजना निर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट लिइएको आवधिक कर्जा भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

संखुवासभामा अवस्थित ८.५ मेगावाट क्षमताको आयोजना हो । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : August 25, 2026 at 12:40 pm