कामना सेवा विकास बैंकले बाेलायाे साधारण सभा, लाभांश प्रस्ताव पारित हुने
९ भदौ, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले भदौ ३१ गते आम्रपाली बैंक्वेट, बालुवाटार रोड, काठमाडौंमा वार्षिक साधारणसभा बोलाएको हो ।
उक्त साधारणसभाबाट बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.व. २०८२/८३ को संचित मुनाफाबाट बैंकका अग्राधिकार सेयरधनीहरूले अग्राधिकार सेयर बाँडफाँड भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभाशं पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व. को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्बन्धीत अनुसूचीहरु पारित गर्ने, बाह्रय लेखा परिक्षक नियुक्ती गर्ने लगायतका अन्य प्रस्तावहरु रहेका छन् ।

बैंकले लाभांश र बार्षिक साधारणसभा प्रयोजनार्थ भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो बैंकको लाभांश पाउन र सभामा सहभागि हुने सक्नेछन् ।
प्रकाशित मिति : August 25, 2026 at 9:49 am


