८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

८ भदौ,  काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा ५७ मत खसेको छ भने विपक्षमा २२ मत खसेको छ ।

dainiki.com

प्रदेशसभा बैठकमा विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदले विश्वासको मत दिएका छन् । कोशी प्रदेश सभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टी का १७ सदस्य छन्। नेपाली कांग्रेसका सांसदहरूले भने विपक्षमा मतदान गरे । नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन् ।

राप्रपाका सांसदहरू भने तटस्थ बसे । कोशीमा राप्रपाका सभामुखसहित ५ सदस्य छन् । जनता समाजवादी पार्टीकी एकमात्र सांसद निर्मला लिम्बु अनुपस्थित भइन् ।

प्रकाशित मिति : August 24, 2026 at 5:01 pm