८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

सनराईज फोकस्ड इक्वीटि फण्डको लाभांश घोषणा

८ भदौ, काठमाडौं। लक्ष्मी सन्राईज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइन फोकस्ड इक्वीटि फण्डले लाभांश घोषणा गरेको छ । लक्ष्मी सनराइज क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको १६५औँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना इकाईधनीहरूलाई  वितरण गर्ने लाभांश घोषणा गरेकाे हाे ।

लक्ष्मी सनरनइज बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा लक्ष्मी सन्राईज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त फण्डले करसहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। फण्डले लाभांश वितरणसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरी योग्य इकाईधनीहरूलाई नगद लाभांश वितरण गर्ने जनाएको छ। लाभांश करसहित भएकाले इकाईधनीहरूले प्राप्त गर्ने रकमबाट सम्बन्धित कर कट्टी गरिनेछ।

प्रकाशित मिति : August 24, 2026 at 10:06 am