८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

दुई कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

८ भदाै, काठमाडौं । विभिन्न दुई कम्पनीले लाभांश घोषणा गरेका छन् । भेन्चर हायर पर्चेज लिमिटेड र नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन्। भेन्चर हायर पर्चेजको भदौ ५ गते बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले भदौ ३० गते दिउँसो ३ बजे काठमाडौं–३, पानीपोखरीमा १०औँ वार्षिक साधारणसभा बोलाएको छ।

सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा लेखापरीक्षक नियुक्ति, सञ्चालक नियुक्तिको अनुमोदन, सञ्चालक समितिको बैठक भत्ता निर्धारण र सार्वजनिक निष्कासनसम्बन्धी प्रस्तावमाथि निर्णय गर्नेछ।

dainiki.com

यस्तै, नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १५ लाख ५७ हजार ३४३ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले भदौ १४ गते दिउँसो ३ः३० बजे एभरेस्ट होटल, नयाँ बानेश्वरमा दोस्रो वार्षिक साधारणसभा बोलाएको छ।

प्रकाशित मिति : August 24, 2026 at 9:46 am