७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

रामकुमारीको प्रश्नः अध्यक्ष मात्रै हटाउनुलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन ?

७ भदौ, काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र चलिरहेको पुनर्गठन अभियान आफूले नबुझेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले पार्टीभित्र भइरहेको पुनर्गठनको चर्चालाई लक्षित गर्दै यसको वास्तविक अर्थ खोज्नुपर्ने बताइन् ।

dainiki.com

‘एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली, पुरानै अनुहार र पुरानै शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन ?,’ उनले लेखेकी छन् । झाँक्रीले लेखेकी छन्, ‘अझ रोचक कुरा के छ भने Gen Z आन्दोलन हुनुभन्दा दुई दिनअघि भएको एमालेको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रश्न किन उठेन ?’

प्रकाशित मिति : August 23, 2026 at 1:14 pm