३ हाइड्रोपावर कम्पनीको लाभांश घोषणा, कुनको कति ?
७ भदौ, काठमाडौं । तीनवटा हाइड्रोपावर कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । हिल्टन हाइड्रो इनर्जी, काबेली हाइड्रोपावर र आशुतोष इनर्जीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
हिल्टन हाइड्रो इनर्जीले चुक्ता पुँजीको करसहित २० प्रतिशत लाभांश प्रस्ताव गरेकाे छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न भदौ २७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा साधारणसभा बोलाएकाे छ ।
त्यस्तै, आशुतोष इनर्जीले करसहित १८.९४ प्रतिशत लाभांश प्रस्ताव गरेकाे छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न भदौ २७ गते होटल हिमालय कुपन्डोल ललितपुरमा साधारणसभा बोलाएकाे छ ।
साथै, काबेली हाइड्रोपावरले करसहित १६.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न भदौ २७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा साधारणसभा बोलाएकाे छ ।
प्रकाशित मिति : August 23, 2026 at 9:18 am


