७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको १३ लाख ५६ हजार कित्ता सेयर बिक्रीमा

७ भदौ, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १३ लाख ५६ हजार ६०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनु पर्नेछ । लगानीकर्ताले काठमाडौंको कमदालीमा रहेको कम्पनीको कार्यालयमा दिनुपर्नेछ ।

यसअघि कम्पनीले गत वैशाख १५ गते ३५ दिने सूचना जारी गरी उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेको थियो । तर सो अवधिमा संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन प्राप्त नभएकाले अब आम सर्वसाधारणका लागि बिक्री खुलाइएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : August 23, 2026 at 9:05 am