रास्वपा प्रवक्तामा जगदिश खरेल
५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे प्रवक्तामा जगदिश खरेल मनोनित भएका छन् । आज बसेको रास्वपा केन्द्रीय समितिको वैठकले उनलाई प्रवक्तामा मनोनयन गरेको हो ।
खरेल ललितपुर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। त्यसअघि उनी सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चार मन्त्री थिए।
प्रकाशित मिति : August 21, 2026 at 4:07 pm


