बागमती प्रदेशका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने
५ भदौ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले भदौ ७ गते आइतबार १ बजे संसदबाट विश्वासको मत लिन लागेका हुन् ।
एमाले, नेकपा र राप्रपाको ६३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थापाले विश्वासको मत लिन संसद् सचिवालयलाई पत्राचार गरेका छन् ।
प्रकाशित मिति : August 21, 2026 at 2:52 pm


