५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

अधिक तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट ८५ अर्ब झिक्दै राष्ट्र बैंक

५ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि भदौ ५ गते निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार  १६५  दिन अवधिका लागि उक्त निक्षेप संकलन गर्न लागिएको हो। बोलकबोल प्रक्रिया दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत मात्र सञ्चालन हुनेछ।

बोलकबोलबाट निर्धारण भएको ब्याजदरका आधारमा निक्षेप संकलन गरिनेछ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ रहेको छ भने त्यसपछि ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकमसम्म कुल आह्वान रकम १०० अर्ब रुपैयाँको सीमाभित्र बोल गर्न सकिनेछ।

निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज सावा ब्याज भुक्तानि माघ २९ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई पहिलो प्राथमिकता दिई क्रमशः रकम बाँडफाँड गरिनेछ। समान ब्याजदरका बोलहरूबाट आह्वान रकमभन्दा बढी माग भएमा समानुपातिक आधारमा बाँडफाँड गरिनेछ।

प्रकाशित मिति : August 21, 2026 at 1:09 pm